२०८१ असार १६ , शनिवार

दोर्दी खोला जलविद्युतको आइपीओ खुला

सुनाखरी न्युज/ काठमाडौँ । दोर्दी खोला जलविद्युतले आज मंगलबार वैशाख १३ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको १०% अर्थात १० लाख ५४ हजार २६० कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ जिल्लाको दार्दी गाउँपालिकाका बासिन्दाहरुलाई उक्त आइपीओ जारी गरेको हो । जसअनुसार साविकको भारते, अर्चलवोट, श्रीभन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार (१ र ८) गाविसका बासिन्दाले आइपीओमा आवेदन दिन पाउनेछन् । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जानकारी गराएको छ । छिटोमा वैशाख २७ गतेसम्म र ढीलोमा जेठ ११ गतेसम्म आइपीओ खुला रहनेछ ।

 

कम्पनीले जारी पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँको १०% सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो । रेटिङ एजेन्सी कियर नेपालले दोर्दी खोलाको आइपीओलाई ‘कियर इस्यूअर रेटिङ डबल बी माइनपस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

स्थानीय बासिन्दाले सिद्धार्थ बैंकको लमजुङ शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएनमबि बैंकको बेसीशहर लमजुङ शाखाबाट आवेदन दिन सक्नेछन् । साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।