२०८१ आश्विन ७ , सोमवार

देउवाको गृह जिल्लामा नेपाली काङ्ग्रेसले उठायो २९ वर्षिय युवा मेयर

सुनाखरी न्युज/ काठमाडौँ । भरत बडायर जोशी लाई नेपाली काङ्ग्रेसले डडेल्धुरा जिल्ला, परशुराम नगरपालिकाको मेयर पदको उम्मेदवारको रुपमा मनोनयन गरेको छ ।

 

उहाँ, बेइजिङको चाइनिज एकेडेमी अफ साइन्स विश्वविद्यालयबाट वायुमण्डल भौतिकशास्त्रमा स्नातकोत्तर गरेका, एक २९ बर्षिय युवा वैज्ञानिक, सामाजिक अभियन्ता, र सफल उद्यमी हुनुहुन्छ । उहाँ नेपाली कांग्रेस परशुराम नगरपालिकाका नगर सभापति हुनुहुन्छ । सन् २०१५ मा नेपालमा गएको भूकम्पपछि उहाँले एक वर्ष नेपाल युवा संस्था संजाल नेपाल (आयोन)मा उद्धार तथा राहतका कार्य समेत गरेका थिए । उहाँले सन् २०१६ देखि २०१८ सम्म नेपाल युवा संस्था संजाल (आयोन)को महासचिवको रुपमा सिंगो नेपालीयुवाहरुको नेतृत्व समेत गरेका थिए ।

 

उहाँ कोभिड–१९ को पहिलो लहरमा सुदूर पश्चिममा रहेका दिर्घरोग लागेका बिरामी वृद्धवृद्धाहरूको लागि निःशुल्क औषधि वितरण गरि सहयोग गरेका थिए । साथै सो समयमा परशुराम नगरपालिका क्षेत्रमा आइसोलेसन सेन्टरहरुको व्यवस्थापन गरेका सक्षम र उदार मन भएका परशुराम नगरपालिकाका समाजसेवी काङ्ग्रेसका युवा नेता हुनुहुन्छ ।