२०८१ मंसिर ११ , मंगलबार

दोहोरो अंकले घट्यो नेप्से

सुनाखरी न्युज/ काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से १५.२ अंकले घटेर दुई हजार ३ सय ७० दशमलब ९९ विन्दुमा पुगेको हो ।

 

त्यस्तै, आज नेप्सेमा एक अर्ब ४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ३५ कम्पनीको शेयरमूल्य बढेको छ भने १५६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९४४.४० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार आज हिमालयन पावर पार्टनर र मल्टीपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिद्धार्थ बैंकको भएको छ । यस कम्पनीको आज ४ करोड २१ लाख भन्दा बढीको कारोबार भएको छ ।