२०८१ आश्विन १५ , मंगलबार

कालीगण्डकी करिडोर अन्तर्गत पर्वत खण्डको रानिपानी -बर्राचौर सडक खण्डमा कालोपत्रे सुरु

अमृत भट्टराई /बिहादी ,पर्वत । कालीगण्डकी करिडोर पर्वत सडक खण्ड अन्तर्गत पर्वतको बिहादी गाउँपालिका वडा नम्बर ३ रानिपानि कुमालगाउँ देखि बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौर खबरको भिर सम्मको कालोपत्रको काम सुचारु भएको छ ।

 

महालक्ष्मी -पाण्डे एन्ड कम्पनी जेभिले जिम्मा लिएको उक्त सडकको कालोपत्र काम आजबाट सुरु भएको हो । यो सडक कालोपत्र भएपछि स्थानीयलाई प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ । अहिले कालोपत्र सुरुभएको रानिपानि कुमालगाउँ -बर्राचौर सडक खण्ड मध्यको ६ किलोमिटर सडक कालोपत्र हुनेछ ।

 

यस्तै यसै सडक खण्ड अन्तर्गत रानिपानिको कुमाल गाउँ देखि सेतिवेणी सम्मको सडकको काम पनि तिब्र गतिले भएको र असार सम्म कालोपत्र गर्ने तयारीमा रहेको उक्त सडक खण्डको जिम्मा लिएको जलजला कन्टक्सनले बताएको छ । एता मिर्मी अदिमुहान देखि सेतिवेणी सेलबास खण्डमा पनि काम चलिरहेको छ।यो सडक चीनको केरला र भारतको सुनौली जोडिने सबैभन्दा छोटो दुरिको सडक हो ।