२०८१ मंसिर ११ , मंगलबार

शेयरबजारमा सामान्य अंकको वृद्धि

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको चौथो दिन आज बुधबार सामान्य अंकले बढेको छ । आज नेप्से ५.१७ अंकले घटेर दुई हजार ३ सय ७६ दशमलब १७ विन्दुमा पुगेको हो ।

मंगलबार नेप्से १५.२ अंकले घटेर दुई हजार ३ सय ७० दशमलब ९९ विन्दुमा पुगेको थियो । त्यस्तै, आज नेप्सेमा एक अर्ब ८ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा एक अर्ब ४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका १०८ कम्पनीको शेयरमूल्य बढेको छ भने ६९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १०३८.८० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार आज सानिमा इक्वीटी फण्ड र सानिमा लार्ज क्याप कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको आज ५ करोड २१ लाख भन्दा बढीको कारोबार भएको छ ।