२०८१ आश्विन ७ , सोमवार

राप्रपा अध्यक्ष लिङ्देन र पुर्व अध्यक्ष डा.लोहनी भोली नुवाकोट जादै

सुनाखरी न्युज/ काठमाडौं । स्थानीय चुनाव प्रचार प्रसारको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन र पुर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी भोली (बैसाख १६ गते) नुवाकोट जाने कार्यक्रम रहेको राप्रपा केन्द्रिय सदस्य जनक पाठकले जानकारी दिनु भयो । ।

 

राप्रपा को लिखु र ककनी गाउँपालिकास्तरीय समितिद्धारा लिखु–१ ढिकुरे बजारमा र ककनीको रानीपौवा वजारमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्न उहाहरु नुवाकोट आउन लाग्नु भयको हो। उक्त सभालाई राप्रपाको अन्य केन्द्रीय नेताहरुले पनि सम्वोधन गर्ने छन। राप्रपाले लिखुको अध्यक्ष पदमा केन्द्रीय सहायक महामन्त्री दिपककुमार राईको नेतृवमा र ककनीमा क्षेत्रीय अध्यक्ष तेज लामाको नेतृत्वमा उमेदवारी दर्ता गराएको छ ।

 

नुवाकोटको लिखु गाउँपालिका,ककनी गाउपालीका बिगतदेखि नै राप्रपाको मुख्य गढ मानिँदै आएको छ । राप्रपाले आयोजना गरेको आमसभालाई जिल्ला भरि नै अन्य राजनीतिक दलहरुले निकै चासोका साथ हेरेका छन। हजारौंको संख्यामा उपस्थित रहने आमसभा वाट राप्रपाले जिल्लाभरि नै सन्देश दिने छ।