२०८१ पुष १० , बुधवार

व्यवसायको सामाजिक उत्तरदायित्व अन्तर्गत चांगनअटो नेपालको के ग्लोबल फाउन्डेसन सँग को सहकार्य

सुनाखरी न्युज/ काठमाडौं । नेपाली अटोमोबाइल उद्योगमा बहुप्रतिष्ठित एम ए डब्लु बृद्धि गुप आयातकर्ता रहेको चांगनअटो मोबाइल सदैब समाजप्रतिको बिबिध उत्तरदायित्वलाई परिपूर्ण पार्न अग्रसर रहेको छ ।

 

यसै अन्तर्गत चांगन अटो नेपालले के ग्लोबल फाउन्डेसन सँग भेकल पार्टनरको रुपमा सहकार्य गरेको छ । के ग्लोबल फाउन्डेसनको हरेक सामाजिक पहलहरुमा चांगन अटोको साथ र सहयोग रहने जनाइएको छ । के ग्लोबल फाउन्डेसन २०१९ मा स्थापनाभएको मुनाफा रहित संस्थाहो । आफ्नो स्थापनाकाल देखि नै समाजका बिबिध क्षेत्रमा निरन्तर रूपमा सङ्लग्न रहीपशु कल्याण, शिक्षा, वित्तीय साक्षरता, प्राथमिक दृष्टि सेवा, एवम् खेलकुद विकासमा अग्रसर रहेको छ । विशेषत यस फाउन्डेसनले अल्पसंख्यक समुदायको हितमा कार्यक्रमहरु गर्दछ ।

 

यस सहकार्यको सुरुवात रामेछापको एक विधालयको सहयोग कार्यक्रमबाट सुरु भयो । के ग्लोबल फाउन्डेसन टिमले सहयोगमा सहभागीहुनचांगनअटोको प्रिमियमलाईफ स्टाइल पिकअप हन्टरको प्रयोग गरेको थियो । श्री देभिस्वर बिधालयमा आवश्यक स्टेसनरी सामग्री, पानीको बोतल, र नोट कपीहरु बितरण गरिएको थियो । यसको अतिरिक्त टिमले स्थानीय र विध्यार्थी सँग अन्तरक्रिया गरेको थियो । विध्यार्थीहरुले चित्रकला कार्यक्रमा पनि सहभागी जनाएका थिए । चांगन अटो नेपालले यो सुरुवातमात्र रहेको र आउने दिनहरुमा यस्तै र अझ बढी प्रभावकारी कार्यक्रमा सहभागी हुने जनाएको छ ।