२०८१ आश्विन १५ , मंगलबार

अबको ३ दिन देशका विभिन्न ठाउँमा चट्याङ्सहित वर्षा हुने

सुनाखरी न्युज/ काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङ्सहित वर्षा हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

विभागले आगामी ३ दिनको मौसमको पूर्वानुमान गर्दै आइतबार रातिसम्म नै देशका विभिन्न ठाउँमा मध्यमदेखि हल्का वर्षा हुने जनाएको छ । प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागमा अबको २४ घन्टामा वर्षा हुने विभागले जनाएको छ ।

 

अहिले देशका पहाडी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेकोले आंशिकदेखि सामान्य बदली भएको विभागले स्पष्ट पारेको छ ।