२०८१ आश्विन १५ , मंगलबार

फेवा सहकारीको भद्रकाली चोकमा सेवा केन्द्र संचालन

सुनाखरी न्युज/ पोखरा – ८ मा २७ जना शेयर सदस्यहरू सहभागी भै फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी सस्था नाम बाट २०५६ सालमा स्थापना भर्ई बित्तिया कारोबार संचालन गर्दै आज २३ औ बर्षमा प्रवेश गरी जिरो कि मी फेवा मार्ग पोखरा ५ मा आफ्नै भवन बाट बैकिङ्ग कारोबार संचालन गरि पोखराकै गनिने सहकारी मध्येमा पर्न सफल फेवा सहकारीले जिरो कि मी मा आफ्नै भबनमा प्रधान कार्यालय र सृजना चोकमा सेवा केन्द्र र आज बैशाख १५ देखी भद्रकाली चोक पोखरा – १३ मा दोश्रो सेवा केन्द्रको शुभारम्भ गरी फेवा सहकारीको २३ सय शेयर सदस्य मध्य सहकारीको पुर्वी क्षेत्र का सदस्यलाई सेवा प्रदान गर्ने उद्देश्य राखी भद्रकाली चोकमा सेवा केन्द्र शुभारम्भ गरिएको हो।

 

सेवा केन्द्र शुभारम्भ कार्यक्रममा पुजा पाठका साथ सहकारीका अध्यक्ष क्या. चन्द्र प्रसाद गुरुङ्ग र उपाध्यक्ष सम्मर बहादुर श्रेष्ठ ले दिप प्रज्जलन गरि अध्यक्ष क्या. चन्द्र प्रसाद गुरुङ्ग को सभापतित्वमा शुभारम्भ गरि सेवा केन्द्रमा केन्द्रका प्रमुख हिरा माया गुरुङ्ग लाई स्वागत र शाखा संचालन गर्ने जिम्मेवार प्रदान गरिएको उक्त केन्द्रमा केन्द्र आसपासका जनसमुदाय लाई सहज रूपमा बैकिङ्ग कारोबार प्रदान गर्ने उद्देश्य राखीएको उपाध्यक्ष सम्मर बहादुर श्रेष्ठ ले बताउनु भयो ।

 

 

बैशाख १५ गते देखी शुभारम्भ गरिएको सेवा केन्द्रमा स्थानीय बासीहरुको सुविधाका लागी २३ गते सम्म बैकिङ्ग कारोबार मा बिषेश सुविधा राखीएको उक्त बैकिङ्ग कारोबारको निक्षेप संकलन फिक्स डिपोजीट बचत र बचतमा स्तरिय ब्याज प्रदान गर्ने र ऋृण लगानी सहुलियत ब्याज दर मा लगानि गरि सेवा दिने ब्यबस्थापन गरि शुभारम्भ गरिएको उक्त सेवा केन्द्र मा शुभारम्भको पहिलो दिनमै २ करोड ५० लाख रूपैया फिक्स डिपोजीट संकलन गर्न सफल रहेको केन्द्रका प्रमुख हिरा माया गुरूङ्गले बताइन उक्त सेवा केन्द्र शुभारम्भ कार्यक्रममा सहकारीका प्रमुख कार्कारी अधिकृत हरिभक्त पौडेल,राम बजार सोसाइटी युकेका बरिष्ठ सल्लाहाकार महेश गुरुङ्ग, सोसाइटी यूकेका पुर्व अध्यक्ष रूपक गुरुङ्ग, याङ्जाकोट तमु समाज पोखराका अध्यक्ष सु. चन्द्र प्रसाद गुरुङ्ग, नाडा तमु समाज पोखराका अध्यक्ष ईश्वर गुरुङ्ग सस्थाका सचिव डिल बहादुर भट्टराई र सस्थाका कोषाध्यक्ष शेर काजी गुरुङ्ग लगायत का ब्यक्तिहरूले सेवा केन्द्रको स्थापनाले यस भेगका सेवाग्रहिहरू लाई केही राहत हुने बिश्वास भएको बताउनु भएको कार्यक्रममा सस्थाका सदस्य किरन बिजुक्छे, सरस्वति देवकोटा , तिलु गुरुङ्ग, शोभा गुरुङ्ग मोहन गुरुङ्ग र लेख कुमारि गुरुङ्गको सहयोग र उपस्थित रहेको उक्त सेवा केन्द्र शुभारम्भ कार्यक्रममा फेवा बचत तथा ऋण सहकारी सस्थाका उपाध्यक्ष सम्मर बहादुर श्रेष्ठले सेवा केन्द्रको शुभारम्भ कार्यक्रममा उपस्थित सबैलाई मनैबाट स्वागत गर्नु भएको उक्त शुभारम्भ कार्यक्रम फेवा सहकारीका अध्यक्ष क्या.चन्द्र प्रसाद गुरुङ्ग को सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सस्थाका प्रबन्धक जगन तिमल्सिनाले संचालन गरेका थिय ।