२०८१ आश्विन १५ , मंगलबार

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एकता र हातेमालो नै जितको संकेत

सुनाखरी न्युज/ रुपाकोट। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेकपा एमालेले जुन प्रकारले उम्मेद्वारी छनौट गरेको छ,त्यो नै नगरमा विजयको झण्डा फहराउने पहिलो अस्त्र बनेको छ। यो उम्मेद्वारी छनौटलाई धेरै तरिकाले व्याख्या गर्न सकिन्छ तर यहाँ सबै किसिमले व्याख्या गर्नुभन्दा पनि यो रणनीतिक छनौट हो र यो छनौटले लालकिल्लामा पुनस् विजयको झण्डा फहराउने रणनीति आत्मसाथ गरेको छ भन्ने सन्दर्भमा मात्र यहाँ नियाल्ने जमर्को गरिएको छ।मनोनयन दर्ता गर्ने अघिल्लो दिन राति भएको भद्र सहमतिमा पार्टिका अध्यक्ष, मेयर तथा मेयर र उपमेयरका उम्मेद्वार सँगै देखिएर एकता र हातेमालोको सन्देश दिनु जितको अर्को संकेत हो ।

 

मेयरका उम्मेद्वार कुमार आचार्यले लामो समयदेखि पार्टिका मेजर पोष्टमा बसेर योगदान पर्याउनुका अलवा साविक दिक्तेल गाविसको निर्वाचित उपाध्यक्ष समेत रहेको नाताले निर्वाचन जित्ने रणनीति र स्थानीय तह सञ्चालनको कार्यकुशलता दुबै उहाँमा रहेको छ । विभिन्न समयमा विभिन्न चुनाबमा पार्टिलाई जिताउन उहाँ आफै सारथि बनेर मैदानमा होमिनु र पार्टीले विजयको झन्णा फहरानु यसको बलियो उदाहरण हुनसक्छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि नगरमा मेयर उपमेयर लगायत सबै एमालेका उम्मेद्वारलाई जिताउन खेलेको अहम् भूमिका अहिले पनि नेता कार्यकर्ताले खुलेर प्रशंसा गर्छन् । अघिल्लो टिमलाई जिताउन मात्र हैन, त्यो टिमलाई सफल बनाउन कुमार आचार्य हर हालतमा खटेर साथमा साथ दिएर हिँडेको विषय सबैले देखेकै पनि हो । यस मानेमा कुमार आचार्यको मेयरमा उम्मेद्वारी पार्टि , कार्यकर्ता र समग्र जनताको पनि छनौटको विषय हो भन्ने विषयमा दुईमत छैन । तसर्थ , फेरिपनि दिरुमनपा एमालेकै लालकिल्ला हुने र विजयको झण्डा फहराउने विषयमा सबैको विश्वास छ । विश्वास जित हो । पार्टीमा मात्र हैन, समाज सेवाका अन्य क्षेत्रमा समेत कुमार आचार्यको नाम सुनौलो इतिहासमा लेखिएको छ। यश विषयले पनि जनताको भोट कुमार आचार्यतर्फ आकर्षित हुने नै छ ।

 

अर्कोतर्फ , उपमेयरकी उम्मेद्वार बिनादेवि राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै निवर्तमान उपमेयर नै हुन् । अघिल्लो निर्वाचनमा समेत उपमेयरकै क्षेत्रबाट एमालेको पल्ला भारी भएरविजय भएको कुरालाई नकार्न सकिन्न। एक कार्यकाल उप मेयरकै रुपमा काम गर्दा उहाँले जनप्रिय उप मेयरका रुपमा जनताबाटै उपमा पाएको अवस्था छ ।उहाँको कार्यकालमा नगरमा महिला तथा बालबालिकाको जे जति सशक्तिकरण भएको छ, त्यो उल्लेखनीय छ ।प्रशंसनीय छ। उल्लेखित आधारमा अहिले पनि दिरुमनपामा एमालेकै पल्ला भारी भई विजय हुने कुरामा दुईमत छैन।अझ अन्य उपमेयरका उम्मेद्वारको तुलनामा बिणादेवि राईको गहनता धेरै माथि छ।जनसेवाश्री पदकबाट समेत विभसषित राई यो पटक पनि नगरलाई लालकिल्ला बनाउने बलियो स्तम्भ हुन् ।

 

एमालेले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका केही वडामा पुराना वडाध्यक्ष तथा सदस्यहरू नै दोहोर्याएको छ भने केही नयाँ अनुहारहरु ल्याएको छ। पुराना वडाध्याक्षमा चर्चित छन् बुइपाका दिनेश राई। उनले वडामा गरेको बिकास हेर्ने हो भने वडा साच्चिकै चम्किलो देखिन्छ ।यसपटक पनि उनै राई सर्वसम्मत वडाध्याक्षको उम्मेद्वार हुनु र उप मेयर पनि बुइपाकै हुनुले बुइपामा लगभग एमालेले एकछापे मत ल्याउने कुरा सर्वसम्मत नै छ ।यो विषय एमालेनै फेरिपनि नगरमा विजयको झण्डा गाड्ने बलियो आधार हो ।

 

दिक्तेलको हकमा अघिल्लो पटक नेपाली कांग्रेशबाट वडाध्याक्ष विजय भएको अवस्थामा विकासमा पछि परेको गुणासो दिक्तेलबासीले बाहिर नओकले पनि मनमा त राखेकै छन्।सामान्य प्रशासनिक काम बाहेक अघिल्लोपटक १ नं। वडा दिक्तेलमा उल्लेखनीय विकास हुन सकेन।जस्तो कि बुइपा। यो पटक भने एमालेले यो बुझेरै राजनीतिमा उदाउँदो र सशक्त नक्षत्र गोपालचन्द्र आचार्यलाई वडाध्याक्षको रुपमा उठाएको छ । जिल्लाकै वडाध्याक्षका उम्मेद्वारहरुमध्ये गोपाल अब्बल वडाध्यक्ष हो , जसको क्षमता, खुबी र कार्यकुशलताले पुष्टि गर्दछ । यता मेयरका लागि पनि लामो समय राजनीति र समाजसेवामा योगदान गर्ने कुमार आचार्य दिक्तेलकै हुनुले पनि बाहिर गठबन्धनले जति नै चुरुफुरु गरेपनि असी९८००५ प्रतिशत भन्दा बढी मत एमालेमै खस्ने पक्का पक्कि छ।यस मानेमा गठबन्धनको एमाले हराउने सपना दिवास्वप्न शिवाय केही हुन सक्दैन ।

 

यस्तै दिरुमनपाका अन्य वडाध्यक्षहरुमा एक कार्यकाल जनताको मन जितिसकेका हर्क खत्रि,आफ्नो क्षेत्रमा उच्च छवि भएका महेन्द्र राई,गाउँबासीलाई सुख दुखमा साथ दिने गोविन्द कटुवाल,जनताको भावनालाई कदर गर्ने चित्र राई, सन्तुलित व्यवहार गर्ने मनोज राई, कामकै आधारमा पार्टिबाट पुनस् मूल्याङ्कनमा परेका लिला चौहान, समाजले स्वीकारेका हर्कराज राई, स्थानीयले रुचाउने विक्रम राई, जनताले बुझेका र जनतालाई बुझ्ने देव गुरुङ, विभेदका विरुद्ध लड्ने पवन राई, समन्वयकारी राजन राई साथै जनएकतामा जोड दिने फडिन्द्र खनाल जस्ता व्यक्तित्वहरू हुनुले पनि एमालेको लालकिल्लामा पुनस् विजयको झण्डा फहराउने विषयमा कुनै शंखा छैन। यी सबै जनताकै रोजाईमा छानिएका वडाध्यक्षहरू हुन्,यसरी हेर्दा जनताकै रोजाईमा छानिएका उम्मेद्वारले विजयको माला लगाउने विषयमा द्विबिधा नहोला। एमालेका वडाध्याक्षहरु तथा वडासदस्यहरुको तुलनामा समाजमा गठबन्धनका उम्मेद्वारको भार निकै न्यून देखिन्छ।यसले पनि पुनस् पाँच वर्ष सूर्यबाहक झण्डा नगर भरी फर्फरी हुने नै देखिन्छ।

अर्कोतर्फ , गठबन्धन गर्दैमा जित्ने सपना देख्नु पनि कति सार्थक होलारु सम्बन्धित दलले सोच्नुपर्छ । मनोनयनका दिन नेपाली कांग्रेसमा देखिएको ताण्डबले पनि के पुष्टि गर्छ भने कांग्रेश आफैले जन्माएकालाई मात्र आफ्नो ठान्ने पार्टि हो ।अरु जो सुकै पार्टि प्रवेश गरेपनि , जति योगदान गरेपनि कांग्रेशले अरुलाई दैलो बाहिर नै राख्ने रहेछ। विभेद गर्ने नै रहेछ।अवसर दिने रहेनछ। अवसर पाइन्छ भनेर कांग्रेशमा लाग्नु मुर्खता शिवाय केही रहेनछ भनेर सबैले बुझेका पनि थिए, त्यो दिन देखे पनि । यो बुझेर पनि अब कांग्रेशमा पस्नेहरुले कांग्रेशमै भोट हाल्लान् तरुउनिहरुले भन्ने कांग्रेस र गर्ने एमाले हो ।

गठबन्धनबाट मेयरका उम्मेद्वार रहेका तिर्थ भट्टराई सादगी नेता हुन् । उनले सिधा भोट पाउने हो ।उनी ब्यवहारिक पनि हुन् तर उनलाई गठबन्धनले नै हराउँछ। अझ,कांग्रेश हराउने कांग्रेस भन्ने सबैलाई थाहा नै छ। यसमानेमा पनि एमालेको पल्ला भारी हुनेमा दुईमत छैन । फेरि कांग्रेसका कार्यकर्ताको बानी के छ भने चुनाब हुन्जेल सुत्ने , मतगणनामा उठ्ने अनि हार्दै गएपछि रिसाउने ।यही बानीले दिरुमनपामा कांग्रेसले जित्न अर्को कल्प पर्खिनुपर्छ। कांग्रेसबाट मेयरका १६ प्रत्यासीमध्ये पोखरेल बाहेक अरुसँगको समन्वय खै कांग्रेशरु के गर्लान् उनीहरू रु

यता , गठबन्धनमा रहेका दलमध्ये माओबादीसँग अब बन्दुकको बल सकिएको छ। ए स को प्रभाव नगरमा बलियो छैन। अरु सानातिना नै हुन्, जोडेर ठूलो हुन निकै लाग्छ। यस अर्थमा थप विश्लेषण गरिरहनु परेन। अर्कोतर्फ गठबन्धनका नाममा हल पुर्याउन मात्र खोजिएको छ। सन्तुलित ढंगले उम्मेद्वार चयन पनि गरिएको छैन। लैंगिक समानता कायम नभएको भनेर आवाज उठेको विषयलाई पनि नकार्न सकिन्न ।कतै एककाधे लाएर कतिबेर जोत्न सक्ला र गठबन्धनले । यही पारा रहे चुनाव अघिनै गोरु बस्नेछ, मेलो सर्ने छाटकाट छैन ।

 

अघिल्लो कार्यकालमा पनि दिक्तेल रुमनपामा एमालेले नै झण्डा फहराएका र देशभरिका पालिकाको मूल्याङ्कनमा पनि १० नं। भित्र पर्न सफल भएको तथ्य के जितको आधार हैन ररु फेरि एमालेले आफ्नो साख जोगाउन जिल्लाको सदरमुकाममा आफ्नो विजयको झण्डा गाड्ने विषयमा नसोचि सुतेर बस्न सक्छ। रु सक्दैन, यसर्थ जुनसुकै हालतमा एमालेको लालकिल्ला बनाउन सबै प्रकारका नीति अवलम्बन गरेर सिंगो नेतृत्व लाग्ने छ ।सबै भातृसंगठन,कार्यकर्ता तथा मतदाता आ आफ्नो ठाउँबाट लाग्ने छन्। दिरुमनपालाई एमालेमय बजाउनेछन् ।

 

एमाले आशा देखाउने पार्टी हो। आशा देखाउनेसँग जनताले भरोशा नगर्ने हो भने निराशा बनाउनेबाट के आशा गर्ने जनताले रु अरु कुनै लक्ष्य र भिजन सहित गठबन्धन भएको भए एउटा कुरा १ नगरलाई यो मानेमा सबल र समृद्ध साथै नगरबासीलाई खुसि दिने हाम्रो रोडम्याप यो हो भनेर गठबन्धन भएको भए एउटा कुरा१ यहाँ केवल एमाले हराउन गठबन्धन गरिएको छ१ यहाँ केबल चुनाब जित्ने र सत्तामा पुग्ने सोचले गठबन्धन गरिएको छ। निष्ठाका लागि हैन, जनताका लागि हैन । अब पनि जनताले नबुझि भोट हाल्छन् तरुयो सम्भब छैन । जनताले बुझ्नेछन् र आफ्नै नगरको अबको पाँच वर्षको भविष्य मतदानबाट निर्धारण गर्नेछन् ।