२०८१ माघ ३ , बिहिवार

धिरजप्रताप सिंहलाई नयाँ आइजिपी बनाउने मन्त्रिपरिषदको निर्णय

सुनाखरी न्युज/ काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई सरकारले महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।

 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले मन्त्रिपरिषद बैठकले सिंहलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको इमेजखबरलाई जानकारी दिनुभयो ।

हालका आईजीपी शैलेश थापा क्षेत्रीसहितका उहाँका ब्याचका प्रहरी अधिकृतहरुले ३० वर्षे सेवा अवधिका कारण भोलि सोमबारदेखि अवकाश पाउँदै हुनुहुन्छ । सोमबारबाटै सिंहले प्रहरीको नेतृत्व सम्हाल्नु हुनेछ ।

सिंह केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत हुनुहुन्थ्यो । सिंहसँगै विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक पनि प्रहरी महानिरीक्षक बन्ने दौडमा थिए । तर, सरकारले तेस्रो वरियतामा रहेका सिंहलाई आईजीपी नियुक्त गरेको हो ।