२०८१ आश्विन ६ , आइतवार

नेपालमा ईद मंगलबार मनाईने, आज चन्द्रमा देखिएन

सुनाखरी न्युज/ काठमाडौं । नेपालमा ईद पर्व मंगलबार मनाईने भएको छ। आज चन्द्रमा नदेखिएकोले मंगलबार ईद मनाईने मुस्लिम आयोगले जनाएको हो।

आज सुन्धाराको धरहराबाट ईदको चाँद (चन्द्रमा ) अवलोकन गर्न प्रयास गरिएको थियो । मुस्लिम आयोगका अध्यक्ष , आयोगका सदस्यहरू , मुफतीहरू, ओलमा एकरामहरू लगायतको टोलीले चन्द्रमा हेर्ने प्रयास गरेको थियो ।

 

काठमाडौंबाट शाैवाल मिहनाको चाँद (चन्द्रमा ) नदेखिएको र नेपालको कुनै जिल्लाबाट चन्द्रमा नदेखिएकोले भोली ईदको नमाज नहुने र मंगलबार ईद उल फित्र हुने आयोगले जनाएको छ।