२०८१ मंसिर ९ , आइतवार

मोटोपन घटाउनदेखि छाला सुन्दर बनाउनसम्म लाभदायी छ तरबुजाको बियाँ, यसरी गर्नुस् प्रयोग

सुनाखरी न्युज/ काठमाडौं –

गर्मी सिजनमा बढी रूचाइने फलफूलमध्येमा तरबुजा पनि एक हो । बच्चादेखि वृद्धसम्मले निकै रूचीका साथ तरबुजा खान्छन् । तरबुजाको सेवनले शरीरलाई शितल हुनुका साथै ताजा तथा फुर्तिलो पनि बनाउँछ ।

हामी धेरैले तरबुजा खाएपनि तरबुजाको बियाँ भने फालिरहेका हुन्छौँ । तर त्यो तरबुजाको बियाँ स्वास्थ्यका लागि धेरै लाभदायक हुन्छ भन्ने कुरा धेरैलाई थाहा हुँदैन । तसर्थ, यहाँ तरबुजाको बियाँ सेवन गर्नुका केही फाइदाहरू चर्चा गरिएको छ ।

तरबुजाको बियाँको न्युट्रिशनल भ्यालु

तरबुजाको बियाँमा आइरन, म्याग्नेशियम, जिंकका साथै स्वस्थ फ्याट हुन्छ । तरबुजाको ४ ग्राम बियाँमा करिब ०.२९ मिलिग्राम आइरन, २१ मिलिग्राम म्याग्नेशियम, पोलिअनसेचुरेटेड र मोनोअनस्याचुरेटेड फ्याटी एसिड समेत हुन्छ । यी सबै पोषक तत्वले शरीरलाई निकै फाइदा गर्छ ।

मोटोपनबाट राहत

तरबुजामा निकै कम क्यालोरी पाइन्छ । करिब ४ ग्राम (एक मुठ्ठी) तरबुजाको बियाँ सेवन गर्दा वजन घटाउन मद्दत गर्ने चिकित्सकहरू बताउँछन् ।

ब्लड शुगरको लेभल नियन्त्रण

तरबुजाको बियाँले ब्लड शुगर लेभल र इन्सुलिन रेजिस्टेन्स घटाउन सहयोग गर्छ । एक अध्ययनका अनुसार, तरबुजाको बियाँमा पाइने म्याग्नेसियमले ब्लड शुगर लेभल घटाउन सहयोग गर्छ । साथै मेटाबोलाइजिंग काब्र्सलाई समेत नियन्त्रण गर्न यसले काम गर्छ ।

सुन्दर छालाका लागि

म्याग्नेशियम, एन्टीअक्सिडेन्ट्स र जिंकजस्ता पोषक तत्वले भरिपूर्ण यस बीज शरीरको छालाका लागि निकै राम्रो हुन्छ । तरबुजाको बियाँबाट निक्लने तेल केही स्किन केयर प्रोडक्ट्समा समेत प्रयोग गर्ने गरिएको पाइन्छ ।

तरबुजाको बियाँ खाने सही तरिका

तरबुजाको बिजज निकालेपछि यसलाई भुट्नुपर्छ । त्यसपछि डिब्बामा राख्ने । यसलाई मर्निङ डाइटमा सामेल गर्न सकिन्छ । सलाद, ओट्स, टोस्ट लगायतमा मिसाएर समेत यसको सेवन गर्न सकिन्छ ।  एजेन्सी