२०८१ माघ ३ , बिहिवार

वित्तिय क्षेत्रमा इमान्दारिता, स्वच्छता र जिम्मेवारी बोध आवश्यक : अर्थमन्त्री शर्मा

सुनाखरी न्युज/ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बित्तिय सुशासनको क्षेत्रमा इमानदारिता, स्वच्छता र जिम्मेवारी बोधको आवश्यकता रहेको बताएका छन् ।

 

मंगलबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वित्तीय सुशासनका लागि लागि लेखापरीक्षण निकाय, नियमनकारी संस्थाहरुको भूमिका सहि हुन नसक्ने त्यसले धेरै फरक पार्ने बताएका हुन् । उनले नियामकीय संघ–संस्थाहरूमा एउटा टुल्स प्रयोग गर्नेमा अर्को प्रयोग गरेमा त्यसले ठूलो चुनौती ल्याउने महशुस आफूले गरेको धारणा राखेका छन् ।

टुल्स प्रयोग गर्दा व्यक्तिगत स्वार्थ राख्दा त्यसले राष्ट्रिय रूपमा ठूलो समस्या ल्याउने देखिएको शमाले जिकिर गरे । यस्तै, अडिट भनिरहँदा हिसाबकिताब मात्रै नभएर देशको विभिन्न क्षेत्रको अडिट गर्नुपर्ने उनको भनाई छ । उत्पादनको र कृषि जमिन, श्रम, देशको बहुआयामिक गरिबी लगाएतको पनि अडिट गर्नुपर्ने उनको भनाई छ ।

 

यस्तै, उनले आजको दिनमा अर्थ क्षेत्रमा देखिएको समस्याको जिम्मेवार आफु भएपनि हिजो दिनमा भएका गलत अडिटको पनि खोजी गर्ने स्पष्ट पारे । शर्माले नेपालमा उत्पादनको क्षेत्र धेरै पनि तीन खर्बको खाद्यवस्तु आयात गर्नुपर्ने अवस्थाको पनि परिक्षण गर्नुपर्नेमा समेत जोड दिएका छन् ।