सुनाखरी न्युज/ काठमाडौं –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
३०९४ जनाको नमुना परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो । भने पछिल्लो २४ घण्टामा पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
१ हजार ५ सय ४ जनाको पीसीआर परीक्षणमा २९ जना र १ हजार ५ सय ९० जनाको एन्टीजेन परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २३ जना निको भएका छन् भने हाल देशभर २ सय १७ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार ४ हजार २ सय ५५ जनाको नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको थियो ।