२०८१ मंसिर ९ , आइतवार

बिरामी वृद्धलाई मृत ठानेर अन्तिम संस्कार गर्न लाग्दा…

सुनाखरी न्युज/ काठमाडौं –

चीनको शंघाई केयर होमका एक वृद्ध बिरामीलाई मृत ठानेर त्यहाँका कर्मचारीले उनको शरीरलाई प्याक गरेर अन्तिम संस्कारका लागि पठाएको घटना सार्वजनिक भएको छ । शवगृहका दुई कर्मचारीले वृद्धालाई अन्तिम संस्कारका लागि गाडीबाट बाहिर निकाल्ने क्रममा उनी जीवित नै भएको थाहा पाए ।

 

कर्मचारीले ती वृद्धा जीवित नै भएको जानकारी अन्य कर्मचारीलाई दिएपछि उनलाई अस्पताल पठाइएको छ । घटना सार्वजनिक भएपछि चिनियाँ जिल्ला प्रशासनले केयर होमका चार अधिकारीलाई जागिरबाट निकालेको छ । यो घटनाले चिनियाँ सोसल मिडियामा आक्रोशको माहौल पैदा भएको छ ।

 

शंघाई जिल्लाको पुटुओ शहरका अधिकारीले सोमबार अबेर राती यो घटनाको पुष्टि गरेका छन् । उनले बिरामीलाई अस्पताल लगिएको र उनको स्थिति स्थिर भएको जानकारी दिएका छन् । एजेन्सी

https://youtu.be/ZphsKqi-D3c