२०८१ आश्विन १४ , सोमवार

पोखरा १९ का एमाले उमेदवार बस्ती बस्तीमा

शिशिर पौडेल/ पोखरा । मतदानको दिन नजिकिदै गर्दा नेकपा एमाले पोखरा १९का शिर्ष नेता उम्मेदवार सहित प्रचार अभियानमा खटिएका छन् ।

 

अन्तिम समयमा मेयरको टिकट खोसिएर असन्तुष्ट बनेका प्रदेस कमिटीका सचिवालय सदस्य दिपक पौडेल सहितका नेताले आज चितेपानि,काउरे, मणि लगायतका क्षेत्रमा पुगि पार्टीको पक्षमा मत मागेका छन् । नेता पौडेल, शोभामोहन पौडेल,माधव वास्तोला,वडा ईन्चार्ज सुरेन्द्रमान सिह भण्डारी , नेता बलराम भण्डा्री, उमनाथ आचार्य , काठमाडौं पोखरा सम्पक मञ्चका सचिव महेन्द्र अधिकारी लगायतले र्जन सरोकारका विषयमा पार्टी प्रतिवद्ध रहेको वताउदै,विकास र समृद्धिको योजना एमालेसग मात्र रहेको दावी गरे ।

 

घरदैलोका ऋममा स्थानीय मतदाता तथा कार्यकर्ताले स्वागत गर्दै जनताका पक्षमा गरेका वााचा नभुल्न खवरदारि गरेका थिए। असन्तुष्ट भनिएका नेता पौडेल चुनावी प्रचारमा सक्यि भएपछि त्यस क्षेत्रका नेता कार्यकर्ता उत्साहित बनेका छन् ।