२०८१ आश्विन १४ , सोमवार

आज मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

सुनाखरी न्युज/ काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।

 

आज (बुधबार) बिहान देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। बुधबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेछ ।

 

साथै देशका अन्य भू-भागमा भने आंशिक बदली रहनेछ। त्यस्तै, देशको पहाडी भू-भाग र तराईका भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । बुधबार राती भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । साथै देशका अन्य भू-भागमा भने आंशिक बदली रहनेछ।

 

त्यस्तै, प्रदेश-१, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।