२०८१ आश्विन १४ , सोमवार

महेन्द्रनगरको एक होटलमा युवक मृत फेला

सुनाखरी न्युज/ कञ्चनपुर –

महेन्द्रनगरस्थित नाइन इलेभन होटलको कोठामा आज एक जना युवक मृतावस्थामा फेला परेका छन् ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटलको कोठामा मृतावस्थामा फेला परेका हुन् । पाण्डेयको मृत्युको कारण खुल्न नसकेको र घटनास्थल सिल गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए । रासस