२०८१ आश्विन १४ , सोमवार

मैले बोलाउदा नसुने झै गर्ने…

गोबिन्द राज ओझा
मैले बोलाउदा नसुने झै गर्ने तिम्रो कस्तो बानि ।
मेकअफ नगर्दा पनि यति राम्रि देखिन्छौ सुन्दरि ।

 

जति हेरे पनि यि नयनहरुले मनको प्यास मेटिदैन मेरो ।
यि आखाहरुमा आईरहन्छ सुन्दर तस्विर तिम्रो ।
यो मेरो मनले सधै तिम्रो साथ खोजिरहन्छ ।
मेरो दिलमा बस्यौ तिमि त्येसैले त बोल्न मन लाग्छ ।

 

सबै पिडा बिर्सन्छु म तिम्रो मुस्कान देख्दा ।
कति खुसि हुन्थे होला तिम्रो साथमा रहदा ।
यो मन दुख्छ मेरो तिमि देखि टाढा बस्दा ।
यो दिल खुसि हुन्छ तिमिलाई सामु पाउदा ।

नाम : गोबिन्द राज ओझा
ठेगाना : दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल