२०८१ पुष १२ , शुक्रवार

एनएमबि बैंक र यो योजिपलाईन प्रा.लि बीच सम्झौता, आन्तरिक पर्यटनमा सहकार्य

सुनाखरी न्युज/ काठमाडौं । एनएमबि बैंक लिमिटेडले यो यो जिपलाईन प्रा.लिसँग आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्देश्यले स्काई साइक्लिङ्ग, जिपलाईन, स्विङ्ग, केनोपि र रेष्टुरेन्ट एण्ड कफिशपको सेवामा छुट प्रदानहुने गरी सम्झौता गरेको छ ।

 

बैंककाग्राहकहरुले उक्त सेवाहरुकोभिजा कार्ड मार्फत भुक्तानीगर्दा बिदाको दिनबाहेकको दिनमा १२% सम्मछुट प्राप्तगर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंककातर्फबाट रिटेल बैंकिङ्गप्रमुखश्री रोशनरेग्मी र यो योकोतर्फबाट अध्यक्षश्री रामशरण तिमिल्सिनाले हस्ताक्षर गर्नु भएको हो । बैंकले आफ्नो सेवाअभिवृद्धि गर्ने क्रममा यस्ता छुट, सुविधाहरु ग्राहकमाझ प्रस्तुतगर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईट www.nmb.com.np को NMB Visa Card Discount सेक्सनमा गएर प्राप्तगर्न सकिनेछ ।

 

एनएमबि बैंकले दिफिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधीबाट सम्मानितभएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागीपनिउक्तपत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी‘बैंक अफदिइयर नेपाल’प्राप्तगरि सकेकको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवाप्रदानगदै आइरहेको छ ।