२०८१ असार १८ , सोमवार

कोरोना अपडेट : देशभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्‍यु

सुनाखरी न्युज/ काठमाडौं –

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने उक्त अवधिमा एक जनाको मृत्‍यु भएको मन्त्रालयले जानकारी दिएको हो।

 

२ हजार ३ सय ७३ जनाको पीसीआर परीक्षणमा १९ जना र १ हजार ४ सय ४८ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १८ जना निको भएका छन् भने हाल देशभर २ सय १७ जना सक्रिय संक्रमित रहेका छन् ।

 

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ८० पुगेको छ । भने योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा सङ्ख्या ११ हजार ९ सय ५२ पुगेको छ भने ९ लाख ६६ हजार ७ सय१५ जना संक्रमणमुक्त भएका छन् ।