२०८१ आश्विन १४ , सोमवार

स्वतन्त्र उम्मेदवारी दिएका शान्जे बालेन सँगै

सुनाखरी न्युज/ काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौ महानगरपालिका वडा नं १६ को अध्यक्ष पदमा समाजसेवी शान्जे गुरुङले आफ्नो स्वतन्त्र उम्मेदवारी दिनु भएको छ ।

 

” लौरो ” चुनाव चिन्ह प्राप्त गरेका शान्जेले विगत १४ वर्ष देखि उक्त वडामा समाजसेवा गर्दै आउनु भएको हो । सामाजिक क्षेत्रमा निकै नाम कमाएका शान्जेले यो पटक भने का.म.पा १६ को अध्यक्षमा आफुलाई दाबेदारी पेश गर्नु भएको हो । स्वतन्त्र उम्मेदवारी बाट अध्यक्ष पदमा लडनको लागि उनलाई थोरै कठिन भएता पनि असम्भव भने छैन । ठुला राजनैतिक दलहरु चोइटिएको अवस्थामा र शान्जेको १६ वडामा मतदाता पनि बढी भएकाले उनले जित्नेमा कुनै आशांका नभएको उक्त वडाका स्थानीय बताउछन ।

 

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि आफुले उम्मेदवारी दिएपछि उनले आफुले उम्मेदवारी दिएको कारण, योजना तथा रणनीतिबारे प्रचारात्मक अभियानको क्रममा वडा तथा महानगरबासीमा अवगत गराउँदै आएको बताएका छन । उनी भन्छन : ” मेरो उम्मेदवारी कमिसनतन्त्र र भ्रष्टाचारको न्यूनिकरण, स्मार्ट विकास र शुशासनयुक्त प्रशासनिक सेवा प्रवाहको लागि हुनेछ। ” मैले धेरै ठाउँमा भन्दै आएको छु , यदि मैले वडाको नेतृत्व सम्हाल्न सके र वडाले दिएको ५ वर्षको जम्मा २ वर्षमा मैले आफ्नो भिजन अनुसारको वडा बनाईदिनेछु । यदि २ वर्षमा वडाको विकास , वडाको स्तरोन्नति गर्न नसकेमा आफ्नो वडा अध्यक्षको कुर्सीबाट राजिनामा दिनेछु । उनले भने नयाँबजारमा जन्मिएका शान्जेले आफ्नो वडामा विकास बाहेकका अरु पनि जस्तै ( फोहोर मैला व्यवस्थापन , शैक्षिक क्षेत्रमा सहुलियत , वडा न १६ हुँदै बग्ने विष्णु मति खोलाको सरसफाइ तथा संरक्षण ) जस्ता कुरामा आफुले आफ्नो तर्फबाट सक्रिय रुपमा भुमिका निभाउने समेत बताउनु भएको छ । आफुले वडाको नेतृत्व सम्हाले आफ्नो तलव भत्ताको ५०% जनताको सेवामा लगाउने समेत उहाले बताउनुभएको छ ।

 

 

विगत ४ वर्ष देखि बालाजुको शिव मन्दिरमा निशुल्क खाना खुवाउदै आउनुभएका गुरुङले आफुले वडाको नेतृत्व गरे वडा भित्र बसोबास गर्ने सम्पुर्ण गरिव , असहाय वर्गहरुलाइ आफुले गाँस बास कपासका साथै रोजगारीको पनि सिर्जना गर्ने बताउनु भएको छ ।