२०८१ आश्विन १४ , सोमवार

ताप्लेजुङमा एक घर जलेर नष्ट, लाखौंको क्षति

सुनाखरी न्युज/ ताप्लेजुङ –

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मा गए राति एक घरमा आगलागी हुँदा रु १६ लाख बराबरको क्षति भएको छ । स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

अग्नि पीडित पराले आगलागीबाट घरमा रहेका कागजात, सरसामन तथा दुईवटा बङ्गुर जलेर नष्ट भएको बताए । स्वास्थ्यचौकीका इन्चार्ज ललिता पौडेल र अहेव चित्रकला सो घरमा कोठभाडामा बसेका थिए । उनीहरूको पनि केही सरसामान निकाल्न नसकेको बताइएको छ । रासस