२०८१ मंसिर ११ , मंगलबार

नेप्सेमा बिहिबार पनि दोहोरो अंकको गिरावट

सुनाखरी न्युज/ काठमाडौं । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से ३७.०६ अंकले घटेर दुई हजार २ सय ३८ दशमलब ६२ विन्दुमा रोकिएको हो । बुधबार नेप्से ३१.७६ अंकले घटेर दुई हजार २ सय ७५ दशमलब ६८ विन्दुमा बन्द भएको थियो ।

 

त्यस्तै, आज कारोबार रकममा भने सामान्य सुधार भएको छ । आज नेप्सेमा एक अर्ब ६५ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार एक अर्ब २६ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका ५ कम्पनीको शेयरमूल्य बढेको छ भने १८८ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । शेयर बजारमा निरन्तर गिरावट आए पनि यस कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागिरहेको छ ।

 

आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५२०.६० रुपैयाँ पुगेको छ । हिजो पनि यस काम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको थियो । नेप्सेका अनुसार आज घलेम्दी हाइड्रो नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य करिब ६.८६ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ८ करोड ४५ लाख भन्दा बढीको कारोबार भएको छ ।