२०८१ आश्विन १४ , सोमवार

२६ वर्षका युवा नगरप्रमुखमा उठ्दा स्थानिय खुसि, हाम्रा लाई होइन राम्रा लाई भोट भन्दै सडकमा

सुनाखरी न्युज/  सुनवल। स्थानिय तह निर्वाचनको लागि सुनवल नगरप्रमुखमा विवेकशिल साझा पार्टी बाट उम्मेद्बारी दिएका रामजी बाबू यतिबेला घर दैलो अभियानमा लागि परेका छन ।

 

घर दैलो गर्ने क्रममा विवेकशील साझा पार्टिका अध्यक्ष रबिन्द्र मिश्र समेत सुनवलको घर दैलोमा आउनु भएको छ । अन्य पार्टिका नेता आउदा प्रहरी लाई तैनाथ बनाएर सुरक्षा सहित प्रवेश बनाउने चलन लाई विवेकशील साझा पार्टिले आफुले खोजेको नेता लाई भेट्न पाउनु पर्छ भन्दै अध्यक्ष लाई जनताको घर दैलो मा हिढालेको विवेकशील साझा पार्टी ले बताएको छ । सुनवल नगरप्रमुखमा मात्र उम्मेद्बारी दिएको विवेकशील साझा पार्टिले नगरभित्र भएका समस्यालाई मध्यनजर गरि घोषणापत्र बनाएको छ ।

 

झुटा आश्वासन देखाएर जित्नु भन्दा हार्नु नै उचित ठान्ने पार्टिले नगरभित्र भएका समस्या त्यसकाे सामाधान, साथै सुनवललाई “कृषीमैत्री” र “युवास्वराेजगार” बनाउनमा मुख्य जोड दिएको घोषणापत्रमा उल्लेख छ । २६ वर्षीय युवा नेता तथा ब्यबसायी राम्झी बाबु घर दैलो गर्ने क्रममा जस्को घर जान्छन उस्को घरमा सम्मान पाएका छन , बर्सेनि अन्य पार्टी लाई भोट हालेर दुख पाएको कुरा सुनाउदै अहिले युवा उठेकोमा गर्व गर्दै सडकमा बाबू सङ सङ्गै हिढेका छन ।

 

मतदान गर्न अब ८ दिन बाकी रहदा अन्य पार्टी हरु प्रचारप्रसारमा ब्यस्त छन । काम नगर्ने पार्टीहरु प्रचारकै भरमा छन भने हामी जनताले भोट दिनेमा ढुक्क छौ रामजी बताउछन ।