२०८२ बैशाख ३० , मंगलबार

कोभिड-१९ का कारण १९औं एसियाली खेलकुद स्थगित

सुनाखरी न्युज/ काठमाडौं –

कोभिड-१९ महामारीका कारण आगामी भदौ २५ देखि असोज ९ सम्म चीनको ह्वान्झाओमा हुने तय भएको १९औं एशियन ​खेलकुद स्थगित भएको छ ।

चिनियाँ ओलिम्पक कमिटी (सीओसी) र ह्वान्झाओ एसियाली खेलकुद आयोजक कमिटी (एचएजीओसी)ले विस्तृत छलफलपछि ओलम्मिक काउन्सिल अफ एसिया (ओसीए)ले १९औं एसियाली खेलकुद स्थगित गर्ने निर्णय गरेको हो । एसियन देशका लागि ओलम्पिक पछिको प्रतिष्ठित प्रतियोगिता एसियाली खेलकुदको तयारीमा चीनमा बढिरहेको कोरोना भाइरसले असर गरेको थियो।

 

जसका कारण प्रतियोगिता स्थगित गरिएको हो। उक्त प्रतियोगिताको नयाँ मिति स्थानीय आयोजकसँग छलफल गरेर तय गरिने ओसिएले जनाएको छ। नेपालले एसियाली खेलकुदमा २३ खेलमा सहभागी हुने निर्णय गरेको थियो । सोही अनुसार मे दोस्रो सातासम्म खेलाडी दर्ताको समय रहेकाले अहिले सहभागी हुने सबै खेलहरुले राष्ट्रिय टिम छनोट गरिरहेका थिए ।