२०८१ आश्विन १४ , सोमवार

वडा न. २५ को बस्तुगत विवरण सार्वजनिक

गोबिन्द तिमिल्सिना/ हेमजा । पोखरा महानगरपालिका वडा न. २५ वडा कार्यालयले शनिवार एक कार्यक्रम आयोजना गरि आफ्नो बार्षिक बस्तुगत विवरण सार्वजनिक गरेको छ ।

 

वडा बस्तुगत विवरण तयारी समितिका सदस्य कमलमणी त्रिपाठीले छोटो समयमा कार्यक्रम आयोजना गरेको बताउदै वडामा भएका गतिविधिको बारेमा जानकारी दिए । वडा बस्तुगत विवरण तयारी समितिका संयोजक जितबहादुर कार्कीले कार्यक्रमको बारेमा प्रस्तुत गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि, वडा कार्यालयका कर्मचारी र सञ्चारकर्मीको सहभागीता रहेको थियो । सार्वजनिक गरिएको किताबमा वडाको सामान्य परिचयको साथमा जनसंख्या विवरण, सामाजिक विकास, पुर्वाधार विकास, आर्थिक विकासको विवरण रहेको छ ।

 

यस विवरण अनुसार वडामा कुल जनसंख्या १६ हजार १४ रहेको छ । जस मध्य पुरुषको संख्या ८ हजार १६५ र महिलाको संख्या ७ हजार ८४९ रहेको छ । आर्थिक वर्ष २०७८/७९ मा कुल २४४ जन्मदर्ता भएको छ भने ७१ मृत्युदर्ता रहेको छ । स्वास्थ्य सेवाको लागी यस वडामा एक स्वास्थ्य चौकी रहेको छ भने केही निजी मेडिकल छन् । यस वडामा २०७७/७८ मा १६२ सवारी दुर्घटना, ५ चोरी, २ आगोलागी, ३ लागुऔषध ओसारपसार, ५ आत्महत्या र १ जबरजस्ती करणी भएको छ । त्यस्तै यस वडामा १९ धार्मिक स्थल रहेको छ । यस वडामा ३ मा.बि र ६ आ.बि गरि कुल ९ बिद्यालय रहेका छन् ।

 

वडा अध्यक्ष शोभाकर तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव इश्वरीप्रसाद पोखरेलले गरेका थिए ।