२०८१ आश्विन १३ , आइतवार

येल युनिभर्सिटी आर्ट ग्यालेरीले नेपालको तारा र पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने

सुनाखरी न्युज/ काठमाडौं । नेपाली महावाणिज्यदूतावास, न्यूयोर्क र येल युनिभर्सिटी आर्ट ग्यालेरी, कनेक्टिकट, संयुक्त राज्य अमेरिकाबिच येल विश्वविद्यालय आर्ट ग्यालरीको स्थायी संग्रहमा रहेको नेपालको बौद्ध देवी तारारपार्वतीको प्रस्तर मूर्ति आज नेपाललाई फिर्ता गर्ने सहमती एवम् घोषणा गरियो। नेपाल सरकारका तर्फबाट न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत श्री विष्णुप्रसाद गौतमले येलसँगको साझेदारीमा उक्त कलाकृति फिर्ता गर्ने सम्बन्धी सहमतीपत्रमा हस्ताक्षर गर्नुभयो।

 

आर्गिलाइट(ढुङ्गाबाट नवौं(दशौं शताब्दिमा बनेको उक्त तारारपार्वती ९ठण्।छह्घड।ज्ञह्ज्ञघ।ण्ठ से।मी।० को मूर्ति येल युनिभर्सिटी ग्यालरीले सन् द्दण्ज्ञछ मा एक दाताबाट प्राप्त गरेको थियो। यस मूर्तिका विषयमा नेपालको पुरातत्व विभाग र येल विश्वविद्यालय कला संग्रहबाट द्दण्द्दज्ञ मा छुट्टाछुट्टै गरिएका अनुसन्धानबाट समभङ्ग मुद्रामा उभिएको, हातमा नाल र कमलको फूल लिएको र कलाशैलीका हिसावले आरम्भिक मध्यकालको सो मूर्ति बि।सं। २०३२ सालसम्म भक्तपुर न।पा। गोलमाडी टोलस्थित वीरभद्रेश्वर महादेव मन्दिरभित्र रहेको र त्यहांबाट हराउनु अघि बौद्धदेवीरपार्वतीको रुपमा दैनिक पूजाआजा हुने गरेको पुष्टि भएको छ।

उक्त मूर्ति फिर्ता घोषणाको अवशरमा बोल्दै कार्यवाहक महावाणिज्यदूत गौतमले येल विश्वविद्यालय, येल विश्वविद्यालय आर्ट ग्यालेरी, उक्त ग्यालरीकी ज्भलचथ व् ज्भष्लश क्ष्क्ष् निर्देशक स्टेफनी वाइल्स, गभर्निङ बोर्ड र क्युरेटोरियल टोलीलाई सो कलाकृति फिर्ता गर्ने कार्यमा पुर्याएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो। कार्यवाहक महावाणिज्यदूतले उक्त कलाकृतिका विषयमा अनुसन्धान गरी नेपाललाई फिर्ता दिने निर्णयमा सहकार्य गरेकोमा ग्यालरीप्रति नेपाल सरकारको तर्फबाट गहिरो प्रशंसा व्यक्त गर्दै ग्यालरीको सहकार्यबाट नेपालका हराएका साँस्कृतिक सम्पदाको पुनस्स्थापना र नेपालको इतिहास र संस्कृतिको संरक्षण गर्ने नेपालको अभियानमा सकारात्मक योगदान पुर्‍याएको बताउनुभयो। नेपालका हराएका सम्पदाको पुनःस्थापना तथा मूर्ति फिर्ता प्रयासमा सञ्चारमाध्यम, नागरिक समाज र सम्बन्धित निकायबाट प्राप्त सहयोगको उच्च प्रशंसा गर्दै सो मूर्ति नेपाल फिर्ता पठाउने व्यवस्था गरेकोमा येल आर्ट ग्यालरीप्रति धन्यवाद व्यक्त गर्नुभयो।

उक्त मूर्ति हस्तान्तरण गर्ने क्रममा येल युनिभर्सिटी आर्ट ग्यालेरीकी ज्भलचथ व् ज्भष्लश क्ष्क्ष् निर्देशक स्टेफनी वाइल्सले ूबौद्ध देवी तारारपार्वतीको मूर्तिका विषयमा अध्ययन र नेपाल सरकारलाई फिर्ता गर्ने प्रक्रियामा भएको उपलव्धिमूलक छलफल र साझेदारीलाई उजागर गर्न पाउँदा येल युनिभर्सिटी आर्ट ग्यालेरी का तर्फबाट खुसी व्यक्त गर्नुभयो। उक्त ग्यालरीको संकलनमा रहेको सो मूर्ति संकलनबाट हटाउने निर्णय सहकार्यमा लिइएको र उक्त ग्यालरीले गरेको अध्ययनबाट मूर्ति फिर्ता दिने निश्कर्षमा पुग्न नेपाली महावाणिज्यदूत र नेपाल सरकार पुरातत्व विभागका तर्फबाट गरिएको सहयोगप्रति उहांले हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।

नेपाली महावाणिज्यदूतावास र येल विश्वविद्यालयले सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि निकटमा रही सहकार्य र साझेदारी गर्ने इच्छा दुवै पक्षका तर्फबाट प्रकट गरियो। साथै, नेपाल र संयुक्त राज्य अमेरिकाबीच लामो समयदेखि रहेको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन आफ्नो प्रयास रहने कुरा समेत व्यक्त गरियो। येल युनिभर्सिटी आर्ट ग्यालरीले महावाणिज्यदूतावास र पुरातत्व विभागसंगको समन्वयमा मूर्ति नेपाल फिर्ता ल्याइनेछ।