२०८१ आश्विन १४ , सोमवार

अमेरिकाद्वारा ईडीभीको नतिजा सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । अमेरिकाले सन् २०२३ का लागि इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) को नतिजा शनिबार राति सार्वजनिक गरेको छ ।

 

नेपालस्थित अमेरिकी दूतावासका अनुसार ईडीभीको नतिजा https://dvprogram.state.gov मा ‘कन्फरमेसन नम्बर’ राखेर थाहा पाउन सकिने छ ।

 

ईडीभीको आवेदन सन् २०२१ अक्टोबर ६ मा खुलेर ९ नोभेम्बरमा बन्द भएको थियो । ईडीभीका आवेदकले सन् २०२३ को सेप्टेम्बर ३० सम्म आफ्नो ‘कन्फरमेसन नम्बर’ सुरक्षित राख्नु पर्नेछ ।