२०८१ पुष ११ , बिहिवार

समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । समृद्धि फाइनान्सले वैशाख २३ गते पुतलीसडक, पोखरा र बुटवल शाखाद्धारा वित्तिय शाक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

 

जस अन्तर्गत पुतलीसडक शाखाले मिल्टन इन्टरनेसनल कलेज, पोखरा शाखाले लायन्स क्लब को सहयोगमा अमरसिंह मा.वि.मा र बुटवल शाखाले वडा नं. ११ को टोल विकास समितिमा उक्त कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा विद्यार्थि किशोर किशोरी तथा युवावर्गको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदानगर्नु यो वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य रहेको संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफर पुतलीसडक शाखा प्रमुख बिक्रम ज्ञवालीले जानकारी गराएका छन ।

 

फाइनान्सले मुद्घतिनिक्षेपमा सर्वाधिक१२.२५%, र बचत निक्षेपमाअधित्तम१०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखा बाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।