सुनाखरी न्युज/ काठमाडौं । अतिरिक्त आम्दानी गर्ने तरिकाहरूमा रुचि राख्ने व्यक्तिहरूका लागि खल्तीले बैंक लिंक रिफर गरी कमाउन सकिने अफर फिर्ता ल्याएको छ ।
यस अभियानमा खल्ती केवाईसी प्रमाणित भएका जो कोहीले आफ्नो–आफ्नो परिवार र साथीभाइलाई बैंक खाता लिंक गर्न रिफर गरिआम्दानी गर्न सक्नेछन् । प्रत्येक रिफरमा प्रयोगकर्ताले ५० रुपैयाँ कमाउनेछन् । खल्तीमा बैंक लिंक गर्ने अफर रिफर गर्नेका साथै आफ्नो बैंक खाता लिंक गर्ने प्रयोगकर्ताहरूका लागि पनि राम्रो अवसर हो । केहि सेकेन्ड मै बैंक खाता लिंक गरि प्रयोगकर्ताहरूले आफ्नो वालेटमा बिना लोड भुक्तानी गर्न सक्नेछन् । यो सेवा समय बचत गर्नको लागि लोकप्रिय सुविधा हो ।
यसका साथै, प्रयोगकर्ताले ‘खल्ती’मा एभरेष्ट बैंक वा माछापुच्छ्रे बैंक खाता लिंक गरेमा एक सय रुपैयाँ बोनस र स्मार्टफोन जित्ने अवसर पनि प्राप्त गर्न सक्नेछन् । यस अफरको बारेमा कुरा गर्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “बैंक लिङ्क भुक्तानी सहज गर्ने सुविधा हो जुन हाम्रा प्रयोगकर्ताहरूले एकदमै मनपराएका छन् । यसले वालेट लोड गर्नेहरूको समय बचत गर्छ र भुक्तानी गर्न लाग्ने समय बचत गर्छ । यस सुविधालाई थप प्रयोगकर्ता माझ पुर्याउन बैंक लिङ्क गर्न प्रोत्साहित गर्न रिफर एण्ड अर्न अफर ल्याएका हौं ।”