सुनाखरी न्युज/ काठमाडौं । सुनको मूल्य नेपाली बजारमा आइतबार तोलामा ६०० रुपैयाँले बढोत्तरी भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन शुक्रबारको तुलनामा बिहीबार सुनको भाउ ६०० रुपैयाँले बढेर प्रतितोला ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुनको भाउ पनि ६०० रुपैयाँले बढेर ९८ हजार १०० रुपैयाँमा पुगेको छ ।
चाँदीको भाउ भने तोलाको ५ रुपैयाँले बढेर १ हजार ३८५ रुपैयाँ कारोबार भैरहेको छ । नेपाली बजारमा शुक्रबार छापावाल सुन तोलाको ९८ हजार रुपैयाँ र तेजावी सुन ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।