२०८१ पुष १० , बुधवार

दिदीले मोडलिङ गरेको चित्त नबुझे पछी, गाली हानी हत्या

सुनाखरी न्युज/ काठमाडौं –

पाकिस्तानको पञ्जाब प्रान्तको ओकरामा एक युवा फेसन मोडल सिदरा खालिदको हत्या उनका भाइ हमजा खालिदले गरेका छन् । हमजामाथि अनर किलिङको नाममा सिदरालाई गोली हानेको आरोप छ ।

 

ओकराको रेनाला सिटीको एसएचओ इन्स्पेक्टर जावेद खानले भने, ‘सिदरा खालिदलाई मोडलिङमा असाध्यै रुची थियो । उनी ओकरास्थित आफ्नो घर आएकी थिइन् । इदपछि उनी काममा फर्किने तयारीमा थिइन्, यो विषयमा परिवारका सदस्यले आपत्ति जताएका थिए ।’ दराको हत्याको कारणबारे इन्सपेक्टर जावेदले भने, ‘उनीमाथि परिवारको तर्फबाट मोडलिङ छोड्नका लागि निकै दबाब थियो र हत्याको कारण पनि यही थियो ।

 

सिदरा खालिदकी आमाको उजुरीपछि एफआइआर दर्ता गरिएको छ । २२ वर्षकी सिदरा खालिदले स्नातक तहसम्मको पढाई पूरा गरेकी थिइन् । परिवारमा उनका तीन अन्य दिदी र भाइ छन् । प्रहरीका अनुसार चार दिदीका एक्ला भाइ, २० वर्षका हमजाले दिदीको हत्या गरेका हुन् । इन्स्पेक्टर जावेद खानले भने, ‘सिदराका परिवारका सदस्यले उनलाई मोडलिङ छोडेर घरमा बस्न भनिरहेका थिए तर उनी मोडलिङ नै गर्न चाहन्थिन् ।

 

यहि कुरामा भाइ हमजासँग उनको बहस भएको थियो ।’ उक्त घटनाका बेला सिदरा र हमजाका पिता घरमा नै थिए र उनले पनि सिदरालाई रोक्ने कोसिस गरेका थिए । जब सिदराले कुरा सुन्न चाहिनन् तब बुवाको बन्दुकले भाइले गोली चलाए । गोली सिदराको बायाँ आँखाको माथिल्लो भागमा लाग्यो र उनको तत्काल मृत्यु भयो । एजेन्सी