२०८१ आश्विन १४ , सोमवार

चुनावी अभियान घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय नेता एबं महासमिति सदस्य किरण गिरी घाइते

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय नेता एबं महासमिति सदस्य तथा निबर्तमान केन्द्रीय सदस्य किरण गिरी आज बिहान नेपाली कांग्रेस चुनावी अभियान घरदैलो कार्यक्रममा जाँदै रहेको अबस्थामा लडेर गम्भीर घाइते हुनुभएको छ ।

 

केही हप्ता देखी कांग्रेस नेता किरण गिरी पार्टी केन्द्रीय निर्बाछ परिचालन समिति अन्तरगत आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उपसमितिको सदस्य को रुपमा सक्रिय हुनुहुन्छ र स्थानीय निर्बाचन अभियानमा नागार्जुनमा सक्रिय रुपमा क्रियाशिल हुनुहुन्छ ।काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नं. ७ मा घरदैलो कार्यक्रम बाटोमा अल्झिएर लडनु भएको थियोे । नेपाली कांग्रेसका स्थानीय नेता हरुको तत्काल सक्रियता मा उहालाई मनमोहन अस्पतालमा लगिएको थियो ।

अस्पताल श्रोतका अनुसार उहाको टाउको मा गम्भीर चोट लागेको कारण तत्काल “सिटि स्क्यान “गरि १६ टाका लगाइएको छ । अहिले उहाँको स्वस्थ्य अबस्था संतोषजनक रहेको ले केहि आराम गर्न र अस्पताल को नियमित फलोअपमा रहन चिकित्सकहरु ले सल्लाह दिए अनुसार अहिले नेपाली कांग्रेसका नेता किरण गिरी बिल्कुलै आरामी गर्ने अबस्थामा हुनुहुन्छ ।

 

उहालाई नेपाली कांग्रेसका उपसभापति पुर्ण बहादुर खड्का , केन्द्रीय एबं पुर्ब सदस्य मीन बहादुर बिश्वकर्मा , मुख्य सचीव एबं सांसद कृष्णप्रसाद पौडेल , बागमती प्रदेश उपसभापति एबं नागार्जुनका मेयर उम्मेदवार मोहन बहादुर बस्नेत , नेपाली कांग्रेस क्षेत्र नं .९ का सभापति जयकृष्ण महर्जन लागायत क्षेत्रीय पदाधिकारी हरु , महाधिवेशन प्रतिनिधि धर्मराज गौतम , दामोदर गौतम , शिबजी भट्टराई , लब ढुंगाना , बासु कार्की लगायत नेपाली कांग्रेसका सबै नेता कार्यकर्ता हरुले नेपाली कांग्रेस केन्द्रीय नेता किरण गिरी को स्वस्थ्य बारे गहिरो चासो राख्दै शिघ्र स्वस्थ्य लाभको कामना गर्नुभएको छ । सुनाखरी न्युज अनलाइन परिवार पनि नेपाली कांग्रेसका केन्द्रीय नेता एबं निबर्तमान केन्द्रीय सदस्य किरण गिरीको शिघ्र स्वस्थ्य लाभको कामना गर्दछ ।