२०८१ आश्विन १४ , सोमवार

आज मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना

सुनाखरी न्युज/ काठमाडौं । देशका विभिन्न भागमा आज (मंगलबार) पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा आज दिउँसो मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भू-भागमा मौसम सफा रहनेछ । प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।