रबिन थपलिया । नुवाकोट । नुवाकोटको शिवपुरी गाँउपालीकाका अध्यक्ष रामकृष्ण थापाले शिवपुरीमा काँग्रेसको बिरासत ढलेमा आफनो मन रुने बताँउदै काँग्रेसको बिरासत कायम गर्न काँग्रेसकै नेतृत्व जरुरी रहेको बताउनुभएको छ ।
नेपाली काँग्रेस शिवपुरी गाँउपालीका स्तरीय चुनावी सभालाई सम्बोधन गदै अध्यक्ष थापाले भन्नुभयो “प्लास्टीकको कुसीमा बसेर सुरु गरेको गाँउपालीकाको यो बिरासतमा, यो सिंहदरबारमा यो आलिसान महलमा अरु पार्टीले बिजयी भएर झण्डा गाडदा मेरो मन रुन्छ, त्यसैले म तमाम काँग्रेसी सहित मलाई मायाँ गर्ने सबैलाई गोबिन्द भाईको नेतृत्वमा रहेको पुरै ४२ जना काँग्रेसका उम्मेद्धवारलाई अत्याधीक मतले बिजयी गराइदिनुहुन हार्दिक अपिल गर्दछु”थापाले भन्नुभयो “ शिवपुरीको यो आलिसान सिंहदरबार काँग्रेस नेतृत्वले बनाएको हो ।
यहाँ माथीबाट आएको पैसा मात्र होइन यहाँको व्यवस्थापनको चाँजोपाँजो काँग्रेस नेतृत्वको स्थानीय सरकारले गरेको हो त्यसैले यहाँ बिरासत कायम गर्न काँग्रेसकै नेतृत्व जरुरत छ र काँग्रेसलेनै जित्नुपर्दछ ।”अध्यक्ष थापाले पार्टीको निर्णय प्रति आफु असन्तुष्ट रहेपनि शिवपुरीमा काँग्रेसको बिरासत ढल्न नदिन आफु दिन रात लागि पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “तँ गाँउपालीकाको अध्यक्ष हुन्थीस भनेर भनेको, भइनस भनेर दुख मनाउ गर्ने केही साथीहरु पनि छन् चाहे त्यो काँग्रेसका हुन वा वाहिरका । म काँग्रेसका साथीहरु सहित मलाई मायाँ गर्ने अन्य पार्टीमा रहेका मतदाताहरु समेतलाई म आग्रह गर्न चाहन्छु मैले या मेरो नेतृत्वले पुरा गर्न नसकेका अधुरा कामहरुलाई समृद्धिमा लैजानु छ त्यसका लागि गोबिन्द भाईको नेतृत्वले पुरा गर्ने छ । त्यसका लागि तपाँईहरु सबैले म नै सम्झेर, काँग्रेसै हो भनेर, सम्झेर मतदान गरेर बिजयी गराउनुहोस ।”
शिवपुरीमा अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष मात्र नभई बहुमत वडा सदस्यलाई जिताउन नसकिएमा गाँउकार्यपालीका कम्जोर हुने बताँउदै अध्यक्ष थापाले सदस्य केहि हैन भनेर अरु पार्टीका उम्मेद्धवारलाई मतदान गरिएमा काँग्रेसकै निम्ती दुर्भाग्य हुने बताउनुभयो । चुनावी सभालाई सम्बोधन गदै शिवपुुरी गाँउपालीकामा नेपाली काँग्रेसका तर्फबाट अध्यक्षका उम्मेद्धवारका गोबिन्द प्रसाद थपलियाले समृद्ध शिवपुरी अभियानका लागि अध्यक्ष रामकृष्ण थापाले सुरु गर्नुभएका अधुरा कामहरुलाई आफु बिजयी भएपछि पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
थपलियाले भन्नुभयो “रामृकष्ण दाईले त्रिवेणीधाम, कृषि रिङरोड लगायतका धेरै महत्वपुर्ण कामहरु सुरुवात गर्नुभएको छ त्यो कामलाई अब मेरो नेतृत्वले बिजयी भएर आइरहंदा बाँकी कामहरु पुरा गर्ने छ”अध्यक्षका उम्मेद्धवार थपलियाले शिवपुरी कृषि रिङरोडको स्तरोन्नती, शिवपुरी आधारभुत अस्पतालमा एमविविएस सहित अन्य विशेसंज्ञ डक्टर समेतको सहभागीतामा टिचिङ र बिर अस्पतालले दिने खालको स्वास्थ्य सुविधा गाँउबासीलाई प्रदान गर्न आफु लागिपर्ने बताउनुभयो ।
चुनावी सभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी, डा रामशरण महत, डा प्रकाशशरण महत, संविधान सभा सदस्य एवं नेपाली काँग्रेस नुवाकोटका निर्वातमान सभापति जगदिश्वर नरसिंह केसी, काँग्रेस नुवाकोटका जिल्ला सभापतिका प्रत्यासी डा. केदार नरसिंह केसी, नेपाली काँग्रेस शिवपुरी गाँउपालीकाका सभापति कविराज गुरुङ, शिवपुरी गाँउपालीकाकी उपाध्यक्ष मञ्जु केसी, वडा अध्यक्षका उम्मेद्धवारहरु, पार्टीका बिभिन्न भातृ तथा सुभेच्छुक संस्थाका प्रतिनिधिहरु लगायतले सम्बोधन गर्नुभएको थियो ।