२०८१ आश्विन १४ , सोमवार

महेन्द्र माध्यमिक विद्यालय घार्मीको वाषिर्कोत्सव सम्पन्न

शिशिर पौडेल/ पोखरा । पोखरा १९ घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयको ३२ अौ वाषिर्कोत्सव पुरस्कार वितरण सहित सम्पन्न भएको छ । २०४७ सालमा जापानको एमाजी फाउन्डेसनको सहयोगमा स्थापना भएको उक्त विद्यालयले ग्रामीण भेगमा रहेका वालवालिकालाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ ।

 

वाषिर्कोत्सवको उद्घाटन गर्दै वयोवृद्ध समाजसेवी डिल वहादुर विश्वकर्माले पिछडिएको ठाउँमा शिक्षाको ज्योति फैलाउन विद्यालयले खेलेको भुमिका प्रशंसनिय रहेको वताउनुभयो । कार्यक्रममा शैक्षिकसत्र २०७६ र २०७७ को एस ई ई पुरस्कार , शैक्षिक तथा अतिरिक्त पुरस्कार र विभिन्न उत्कृष्ट विद्यार्थीलाई महेन्द्र छात्रवृत्ति प्रदान गरिएको छ । उत्कृष्ट विद्यार्थीलाई प्रमुख अतिथि विश्वकर्मा , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वैकुण्ठ पौडेल, प्रधानाध्यापक वासुदेव पौडेल, समितिका सदस्य रामचन्द्र सुनार, रमेश विक , शिक्षक अभिभावक संघका धन व सुनार,पार्वती आचार्य, र सावित्री पौडेलले पुरस्कार प्रदान गर्नुभयो ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वैकुण्ठ पौडेलको अध्यक्षता भएको कार्यक्रममा समाजसेवी हिमलाल पौडेल, रूकविना पौडेल, राधा आचार्य, गिरधारि आचार्य, रामजी वराल,पार्वती वराल, विस्णु पंण्डित, र प्रदिप पंण्डितले रू ५० ,५०१ को अक्षयकोष स्थापना गर्नुभयो ।
प्रधाानाध्यापक वासुदेव पौडेलले विद्यालयको वाषिर्क प्रतिवेदन पेश गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य रत्नाकुमारी विक र संचालन सहायक प्रधानाध्यापक नन्दराज दाहाल तथा शिक्षक सुर्यराज घिमिरेले गर्नुभएको थियोे ।