२०८१ आश्विन १४ , सोमवार

स्वास्थ्य सम्वन्धी पुनर्स्थापना सेवामा वकालतको लागी अभिमुखिकरण कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशको आयोजनामा गण्डकी प्रदेशको स्याङ्जा, लम्जुङ, गोर्खा र कास्कीमा रहेका अपाङ्गता भएका व्यक्तिहरुद्वारा सञ्चालित संस्थाका प्रतिनिधीहरुलाई स्वास्थ्य र पुनर्स्थापना सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन भएको हो।

 

अपाङ्गता भइका व्यक्तिहरुको स्वास्थ सम्वन्धी पुनर्स्थापना सेवालाई स्थानिय तहमै सहज र एकिकृत गर्न गर्नुपर्ने वकालत गर्नको लागी उनिहरुलाई बिभिन्न बिषयमा क्षमता बिकास गरिइको थियो। उक्त कार्यक्रममा गण्डकी प्रदेशका कार्यक्रम अधिकृत निरज गिरिले अपाङ्गताको अवधारणा, परिभाषा र वर्गिकरणका साथै अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सम्वन्धी पुनर्साथापना सेवाका सम्वन्धमा वनेका राष्ट्रिय तथा अन्तराष्टिय कानुनहरुको बिषयम सहजिकरण गर्नुभएको थियो भने संघका अध्यक्ष खोमराज शर्माले अपाङ्गता भएका ब्यक्ति लगायत सबैका लागि आबस्यक पर्ने पुनर्स्थापना र अपाङ्गता भएका ब्यक्ति लगायत सबैका लागि सरकारी तथा गैर(सरकारी क्षेत्रबाट उपलब्ध पुनर्स्थापना सेवाहरू बारे जानकारी गराउनुभएको थियो।

 

यस्तै गण्डकी प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सम्वन्धी पुनर्स्थापना कार्यक्रममा काम गरिरहुनुभएका प्रदेस परियोजना अधिकृत सुर्य प्रसाद भटटराईले स्वास्थ्य सम्बन्धित पुनर्स्थापना सेवाको परिचय, अवधारणा तथा पुनर्स्थापनाका प्रकारहरु, (पुनर्स्थापना सम्बन्धित धारणाहरु, स्वास्थ्य सम्बन्धित पुनर्स्थापना सेवाको समस्याको विश्लेषण, र स्थानिय तहमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सम्वन्धी पुनर्स्थापनामा काम गर्नको लागी सदस्य संस्थाहरुको भुमिका तथा समन्वय कसरी गर्ने लागायतका बिषयमा सहजिकरण गर्नुभएको थियो।

कार्यक्रममा महासंघ गण्डकी प्रदेशको उपाध्यक्ष अन्जना के.सी. ले वकालत कसरी गर्ने, संघका सदस्य हेम गुरुङ्ले सहायक सामाग्रीको उपलव्धता र प्रप्त गर्ने देखिएक समस्याहरुबारे सहजिकरण ग्रनुभएको थियो भने बौधिक अभिभावक संघका केन्द्रिय महासचिब राम्नारायण श्रष्ठले स्थानिय तहहरुको बजेट निर्माण र त्यस्मा हाम्रो भुमिकाका बिषयमा सहजिकरण गर्नुभएको थियो। 2 दिन पोखराको फेवा रिसोर्ट लेकसाईडमा भएको कार्यक्रमलाई अनुगम गर्नको लागी साझेदार संस्था ज्बलमष्अबउ क्ष्लतभचलबतष्यलब िबाट बिना पण्डित र कन्चन भण्डारीको उपस्थिती समेत रहेको थियो।