२०८१ आश्विन १४ , सोमवार

कांग्रेस सभापति देउवाद्वारा कांग्रेस निबर्तमान केन्द्रीय सदस्य गिरीको स्वस्थ्य अबस्था बारे चासो राख्दै स्वस्थ्य लाभको कामना

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेस पार्टी सभापति एबं सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवा ले नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं केन्द्रीय नेता किरण गिरीको स्वस्थ्य अवस्था बारे जानकारी लिदै शिघ्र स्वस्थ्यलाभ को कामना गर्नु भएको छ ।

 

हिजो टेलीफोन मार्फत प्रधानमन्त्री देउवा ले गिरी को स्वस्थ्य अवस्था जानकारी लिनुभएको थियो र शिघ्र स्वस्थ्य लाभ को कामना गर्नुभएको हो । नेपाली कांग्रेस उपसभापति पुर्ण बहादुर खड्का ले पनि गिरीको स्वस्थ्य लाभको कामना गर्नुभएको छ । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिब भानु देउवा , नेपाली कांग्रेस केन्द्रीय सदस्य एबं पुर्बमन्त्री तथा ” आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उपसमिति संयोजक मिनबहादुर बिश्वकर्मा , पार्टीका मुख्य सचिब एबं माननीय राष्ट्रिय सभा सांसद कृष्णप्रसाद पौडेल , केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत , केन्द्रीय सदस्य सुनिल बहादुर थापा , नानू बास्तोला लगायत नेपाली कांग्रेसका अन्य नेतृत्वगण बाट कांग्रेस केन्द्रीय नेता गिरीको स्वस्थ्य लाभ को कामना गर्नु भएको छ ।

नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सचिबालयका सबै पदाधिकारी हरु , विभिन्न तह र तप्काका नेपाली कांग्रेस पार्टीका गिरीका सहकर्मीमित्रहरू बाट र अन्य राजनीति दलका नेता र साथीहरू बाट एबं मेरा साथीहरू एबं पत्रकार मित्रहरू बाट , इष्ट मित्र परिबार जन बाट गत – २५ गते एउटा घटना पछि स्वस्थ्य उपचारमा सक्रिय सहयोग गर्नुहुने सबैमा नेपाली कांग्रेस केन्द्रीय नेता एबं निबर्तमान केन्द्रीय सदस्य किरण गिरीले आभार प्रकट गर्नुभएको छ गर्दै भन्नुभएको छ – “स्वस्थ्य अवस्थाको बारे गहिरो चासो राख्दै स्वस्थ्यलाभ को कामना गर्नु भएकोमा सबैमा हार्दिक आभार समेत प्रकट गर्दछु ।”

आफू अहिले डाक्टरको नियमित अनुगमन रहेक र मेरो स्वस्थ अवस्था अत्यन्तै सुधारउन्मुख रहेको कुरा अबगत गराउदै अझै केहिदिन टेलीफोन र प्रत्यक्ष संपर्कमा आउन नसक्ने जानकारी समेत नेपाली कांग्रेस केन्द्रीय नेता गिरीले सामाजिक सञ्जाल मार्फत गराउनु भएको छ । बैशाख -३० गते हुने मतदानमा मेरो सक्रिय सहभागिता रहने कुरा समेत अबगत गराउद छु र मौन अबधि को मर्यादामा बसौं , बैशाख -३० गते मतदानमा सहभागी बनौं । भनेर नेपाली कांग्रेसका केन्द्रीय नेता किरण गिरीले हार्दिक अपिल समेत गर्नुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय नेता एबं महासमिति सदस्य तथा निबर्तमान केन्द्रीय सदस्य किरण गिरी बैशाख २५ गते बिहान नेपाली कांग्रेस चुनावी अभियान घरदैलो कार्यक्रममा जाँदै रहेको अबस्थामा लडेर गम्भीर घाइते हुनुभएको थियो ।

 

बिगत एक महिना देखी कांग्रेस नेता किरण गिरी पार्टी केन्द्रीय निर्बाचन परिचालन समिति अन्तरगत आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उपसमितिको सदस्य को रुपमा सक्रिय हुनुहुन्छ र स्थानीय निर्बाचन अभियानमा नागार्जुनमा समेत सक्रिय रुपमा क्रियाशिल हुनुहुन्छ । काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नं. ७ मा घरदैलो कार्यक्रम बाटोमा अल्झिएर लडनु भएको थियोे । नेपाली कांग्रेसका स्थानीय नेता हरुको तत्काल सक्रियता मा उहालाई मनमोहन अस्पतालमा लगिएको थियो ।अस्पताल श्रोतका अनुसार उहाको टाउको मा गम्भीर चोट लागेको कारण तत्काल “सिटि स्क्यान “गरि १६ टाका लगाइएको छ । अहिले उहाँको स्वस्थ्य अबस्था संतोषजनक रहेको ले केहि आराम गर्न र अस्पताल को नियमित फलोअपमा रहन चिकित्सकहरु ले सल्लाह दिए अनुसार अहिले नेपाली कांग्रेसका नेता किरण गिरी बिल्कुलै आरामी गर्ने अबस्थामा हुनुहुन्छ ।

 

उहालाई नेपाली कांग्रेसका उपसभापति पुर्ण बहादुर खड्का , केन्द्रीय एबं पुर्ब सदस्य मीन बहादुर बिश्वकर्मा , मुख्य सचीव एबं सांसद कृष्णप्रसाद पौडेल , बागमती प्रदेश उपसभापति एबं नागार्जुनका मेयर उम्मेदवार मोहन बहादुर बस्नेत , नेपाली कांग्रेस क्षेत्र नं .९ का सभापति जयकृष्ण महर्जन लागायत क्षेत्रीय पदाधिकारी हरु , महाधिवेशन प्रतिनिधि धर्मराज गौतम , दामोदर गौतम , शिबजी भट्टराई , लब ढुंगाना , बासु कार्की लगायत नेपाली कांग्रेसका सबै नेता कार्यकर्ता हरुले नेपाली कांग्रेस केन्द्रीय नेता किरण गिरी को स्वस्थ्य बारे गहिरो चासो राख्दै शिघ्र स्वस्थ्य लाभको कामना गर्नुभएको छ भने नेपाली कांग्रेसका सयौं नेता कार्यकताहरुले उहाँको स्वस्थ्य बारे चासो राख्दै स्वस्थ्य लाभको कामना गर्नुभएको छ । सुनाखरी न्युज अनलाइन परिवार पनि नेपाली कांग्रेसका केन्द्रीय नेता एबं निबर्तमान केन्द्रीय सदस्य किरण गिरीको स्वास्थ बारे गहिरो चासो राख्दै शिघ्र स्वस्थ्य लाभको कामना गर्दछ ।