२०८१ मंसिर ११ , मंगलबार

मतदान केन्द्रभित्र फोटो खिच्न निषेध, यस्ता छन् पालना गर्नुपर्ने नियम !

सुनाखरी न्युज/ काठमाडौं ।
देशभरका स्थानीय तहहरुमा नयाँ जनप्रतिनिधि चुन्न आज मतदान हुँदैछ । मतदान बिहान ७ बजेदेखि सुरु भई अपराह्न ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।

योबेला मतदान केन्द्रमा के गर्न पाइँदैन ?

 

मतदान केन्द्रमा को–को जान पाउँछन् ?

मतदाता
सुरक्षाकर्मी
उम्मेदवार वा उम्मेदवारको एक जना प्रतिनिधि
निर्वाचन आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक
निर्वाचन आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति
महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक
दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएको एकाघरको परिवारको सदस्य
तर मतदान केन्द्रमा मादक पदार्थ सेवन गरेर जान पाइँदैन ।

मतदान केन्द्रमा निम्न कुराहरु निषेध छ

मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री
सलाई र लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ
कुनै प्रकारको हातहतियार
नमूना मतपत्रलगायतका कागजात
कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनाउने कुनै वस्तु