२०८१ माघ ३ , बिहिवार

डा. बाबुराम भट्टराइ सहित उनले मतदान गरेको केन्द्रका मतदान अधिकृतलाई पनि स्पष्टिकरण

सुनाखरी न्युज/ काठमाडौं ।

निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेको फोटो खिच्न दिएको आरोपमा मतदान अधिकृतलाई समेत स्पष्टिकरण सोधेको छ ।

आयोगले गोरखाको पालुङटार नगरपालिका अन्नपूर्ण मावि खोप्लाङका मतदान अधिकृत प्रदीपकुमार रुपाखेतीलाई स्पष्टिकरण सोधेको हो ।

 

मतदान अधिकृतलाई झुक्याएर फोटो खिच्ने सामग्री लगेर मतपत्रमा गोप्य मत संकेतको फोटो खिचेको भए किन निजलाई तत्काल कारवाही भएन भनेर आयोगले साँचो विवरण खुलाई यथासिघ्र प्रतिवेदन पठाउन आयोगले भनेको छ ।

डाक्टर भट्टराईले मतदान गरेको मतपत्रको फोटो सार्वजनिक गरेका थिए । यसबारेमा आयोगले भट्टराईलाई पनि स्पष्टिकरण सोधिसकेको छ ।