२०८१ आश्विन १४ , सोमवार

बुद्धजयन्तीका अवसरमा पोखरामा शान्ति पदयात्रा

नारायण क्षेत्री/ पोखरा । २५६६ औं बुद्ध जयन्तीका अवसरमा पोखरामा शान्ति पदयात्रा ¥याली गरिएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा आइतबार डिहिकोपाटनबाट सुरु भएको ¥याली जरेवर, सहिदचोक, लेकसाइड हुँदै पेमा धेछेलिङ गुम्बा खहरे तपोवनमा पुगेर समापन भएको थियो ।

 

कार्यक्रममा नेपाल तामाङ घेदुङ नेपालका केन्द्रीय अध्यक्ष गुरु पाल्देन लामाले भगवान गौतम बुद्धको बारेमा प्रवचन दिँदै बुद्धले २९ बर्षकै उमेरमा गृह त्याग गरि ३७ बर्षको उमेरमा बुद्धत्व प्राप्त गरेको बताए ।

 

सोमबार तपोवन गुम्बामा सोही गुम्बाका प्रमुख गुरु छेवाङ लामाले प्रवचन दिनुका साथै गुुम्बामा पूजा पाठ समेत आयोजना गरिने बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए । हरेक बर्ष बैशाख शुल्क पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाउने गरिन्छ ।

 

सोमबार नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीहरुले बुद्धप्रति भावपूर्ण श्रद्धा र शान्तिको कामना गर्दै बुद्धजयन्ती मनाउने गर्दछन् ।