सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौंको मेयरको मतगणनामा १६६४७ मत सहित स्वतन्त्र उम्मेदवार वालेन साहले निरन्तर अग्रता लिएका छन् । हालसम्म मत गणना भएका विभिन्न ८ वडा मध्ये सवै वडामा उनैको अग्रता देखिएको छ ।
उनका प्रतिष्पर्धी केशव स्थापितले ८६०७ मत पाएका छन् । अर्की प्रतिष्पर्धी सिर्जना सिंहे त्यो भन्दा कम मत पाएकी छन् ।
यस्तै भरतपुर महानगरको मत गणनामा गठन्धनकी उम्मेदवार रेणु दाहालले पनि आफ्नो मतान्तर बढाएकी छन् ।
उनले ९९७० मकत ल्याउँदा एमालेका बिजय सुवेदीको ८२५८ मत पाएका छन् ।