२०८१ आश्विन १४ , सोमवार

नुवाकोटको शिवपुरी गाउँपालिकामा काँग्रेसका थपलिया विजयी

सुनाखरी न्युज/ काठमाडौं –

नुवाकोटको शिवपुरी गाउँपालिकामा नेपाली काँग्रेसका गोविन्द थपलिया विजयी भएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार पदमबहादुर उप्रेतीलाई पराजित गर्दै थपलिया गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् ।

थपलियाले १ हजार १८२ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी उप्रेतीले ४ हजार ७३ मत प्राप्त गरे । यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रका वीरबहादुर तामाङ विजयी भए ।

उनले नेपाली काँग्रेसका उम्मेदवार इन्दिरा खड्कालाई पराजित गर्दै विजय हासिल गरेका हुन् । तामाङले ४ हजार ७२० मत प्राप्त गरे भने खड्काले ४ हजार ५६ मत प्राप्त गरिन् ।