२०८१ आश्विन १४ , सोमवार

बर्दियाको गेरुवा गाउँपालिकामा कांग्रेस विजयी

सुनाखरी न्युज/ बर्दिया –

बर्दियाको गेरुवा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।

 

नेकपा माओवादीका प्रमुख पदका उम्मेदवार विश्वबहादुर थारुलाई पराजित गर्दै कांग्रेसका प्रमुख पदका उम्मेदवार जमानसिं केसी सात हजार ६९८ मत प्राप्त गरी विजयी भएका हो। उगका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विश्वबहादुर थारुले छ हजार ६२० मत प्राप्त गरे।

 

उपप्रमुखमा कांग्रेसका लक्ष्मीकुमारी चौधरी सात हजार १५३ मत प्राप्त गरी विजयी भएको छ । उनका निकटतम माओवादी केन्द्रकी लीला चौधरीले छ हजार ५८३ मत प्राप्त गरिन्। रासस