२०८१ आश्विन १४ , सोमवार

सोलुदूधकुण्ड नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी

सुनाखरी न्युज/ सोलुखुम्बु –

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नांगेल जाङबु शेर्पा दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् । भने उपमेयरमा कांग्रेसकै गान्धीमाया तामाङ निर्वाचित भएकी छिन् ।

 

शेर्पाले ४ हजार ८६८ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार आङकाजी शेर्पाले ४ हजार २९० मत पाए । नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार ङिमा तेण्डुप शेर्पाले १ हजार १८७ मत प्राप्त गरे ।

 

यस्तै उपमेयरमा कांग्रेसकै गान्धीमाया तामाङले ४ हजार ३८५ मत प्राप्त गरेकी छन् । भने  उनको निकटतम प्रतिद्वन्दी एमालेकी मोहनकुमारी कार्कीले ४ हजार २७३ मत पाइन् । माओवादी केन्द्रकी शारदामाया तामाङले १ हजार ८९ मत प्राप्त गरिन् ।

 

सोलुदूधकुण्ड नगरपालिकाको मत परिणामसँगै सोलुखुम्बुका सबै पालिकाको मत गणना सकिएको छ । जिल्लाका ८ स्थानीय तहमध्ये ५ वटा पालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख दुबै पद जितेको छ ।