२०८१ आश्विन १४ , सोमवार

वडा न. २५ मा बिजयी र्याली

गोविन्द तिमिल्सिना/ हेमजा । स्थानीय तह सदस्य निर्वाचनमा कास्कीको पोखरा महानगरपालिका वडा न. २५ मा गठबन्धनले बिजयी ¥याली गरेको छ ।

 

हेमजाको याम्दीबाट सुरु भएको बिजय र्याली फेदी सम्म पुगेको थियो । ¥याली गर्ने क्रममा बिभिन्न स्थानमा कोणसभा गरि नवनिर्वाचित वडा अध्यक्ष गठवन्धन दलका साझा उम्मेदावार मोती तिम्सिनाले मतदातालाई धन्यवाद दिएका थिए । सोही क्रममा तिम्सिनाले आफुले गरेको प्रतिबद्धतालाई सफल बनाउन लागि पर्ने बताए । त्यस्तै आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, पुर्वाधार विकास लगायतका क्षेत्रमा उत्कृष्ट काम गर्दै वडालाई नमुना वडा बनाउन सम्पुर्ण हेमजा वासीसँग सहयोग गर्न पनि आग्रह गरेका थिए ।

 

वडा न. २५ मा नव निर्वाचित वडा अध्यक्ष मोती तिमिल्सिनाले २ हजार २६६ मत सहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा(एमाले)का उम्मेदवार तिर्थराज थापाले २ हजार २१३ ल्याएका थिए । वडा अध्यक्ष सहित वडा सदस्यमा नेकपा एमालेका सदस्यहरु निर्वाचित भएका छन् ।