२०८१ आश्विन १४ , सोमवार

दमकको मेयरमा राप्रपाका थापा विजयी

सुनाखरी न्युज/ काठमाडौं । झापाको दमक नगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट राप्रपाका रामकुमार थापा निर्वाचित भएका छन् ।

 

१७५२५ मतसहित राप्रपाका थापाले नेकपा एमालेकी गीताकुमारी पौडेल अधिकारीलाई पराजित गरेका हुन् । एमालेकी उम्मेदवार अधिकारीले १६९६६ मत ल्याएकी छन् ।

यस्तै उपमेयरमा नेपाली कांग्रेसकी रेगिना भट्टराईले १७०७२ मत ल्याएर निर्वाचित भएकी छन् । उनले एमालेका अम्बिका प्रसाद खनाललाई पराजित गरेकी हुन् ।