२०८१ मंसिर ८ , शनिवार

नगद लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं महानगरपालिका-१३ बाफलबाट नगद १९ हजार ५ सय रूपैयाँ लुटपाट गरेको अभियोगमा भक्तपुर लोकन्थली बस्ने तनहुँ शुक्लागण्डकी नगरपालिका-२ घर भएका २४ वर्षीय उत्तम कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

उक्त स्थानमा कार्कीले गाडीबाट झर्ने क्रममा सप्तरी राजबिराज नगरपालिका-८ घर भएका ६८ वर्षीय बद्रिनारायण शाहको साथमा रहेको उक्त नगद लुटी भाग्ने क्रममा प्रहरी प्रभाग कलंकीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।